साउन २४, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरूको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन् । मंगलवार नेपाल आदिवासी जनजाति महासंघले २८औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरेको...
काठमाडाैं | कात्तिक ४, २०७६
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शहरहरूलाई धूलोधूवाँमुक्त बनाउने बताएका छन् ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर– १ टोटेपाखामा सोमवार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धूलोधूवाँ नभएको शहर बनाउने बताएका हुन् ।
देशलाई खुला दिसामुक्त घोषणा गरेको प्रसंगमा प्रधानमन्त्री ओलीले भने– 'हामीले खुला दिसामुक्त देश बनाएका छौं, सुन्दा सामान्य कुरा, तर असाधारण कुरा हो किनभने सिँगै देश सभ्यताको स्तरमा उठ्यो ।'
मुलुक सभ्यताको स्तरमा माथि उठिसकेकाले अब धूलोधूवाँमुक्त शहर बनाउने उनको प्रतिबद्धता छ ।
'अब धूलोधूवाँ नभएको शहर, सफा शहर । हाम्रा निम्ति, पाहुनाका निम्त,' प्रधानमन्त्री ओलीले भने, 'हामीले धूलो खानैपर्छ भन्ने के छ ? हामीले धूलोमा बस्नैपर्ने के छ ?'
प्रदूषण कम गर्नका लागि पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनबाट बिस्तारै इलेक्ट्रिक सवारीसाधनतर्फ अघि बढेको उनको भनाइ छ ।
'पेट्रोलियमबाट चल्ने सवारीका ठाउँमा हामी बिस्तारै इलेक्ट्रिक सवारीतर्फ अघि बढेका छौं । ३ सय इलेक्ट्रिक बसका लागि पैसा छुट्याइसकिएको छ । अस्ति नै आउनुपर्ने अलि विलम्ब भएको छ । किन आएन भनेर हामीले अध्ययन गरिरहेका छौं,' उनले भने ।
प्रधानमन्त्री ओलीले सडक मार्गका लागि सुरुङ आयोजना अघि बढेको भन्दै नेपाल नयाँ युगमा प्रवेश गरेको जिकर पनि गरे ।
यसका अलावा टोखा–छहरे, बेत्रावती–स्याफ्रुबेसी लगायतका सुरुङमार्ग अध्ययनको चरणमा रहेको उनको भनाइ छ ।
नागढुंगा सुरुङमार्ग आयोजना तोकिएको मिति ४२ महिनाभित्रै सम्पन्न हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन पनि दिए ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुईवर्ष अघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरू भएको थियो ।
यसका लागि २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।
सुरुङमार्ग प्रवेश मार्गसहित ५.५६ किमीको हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरूको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन् । मंगलवार नेपाल आदिवासी जनजाति महासंघले २८औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरेको...
नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन् । मंगलवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उन...
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलवार अपराह्न भेटवार्ता भएको छ । आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने बारेमा छलफल गर्न डा. भट्टरा...
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आगामी निर्वाचनमा महिलाको समानुपातिक सहभागिताका सम्बन्धमा विद्यमान कानूनी अवरोध भएमा आवश्यक संशोधन गरिने बताएका छन् । प्रतिनिधि सभाको मंगलवा...
नेकपा एमालेका सांसद महेश बस्नेतले नेपाल आउँदै नआएका सिन्जु आवेलाई भेटेको भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा नेपालको बेइजत गरेको टिप्पणी गरेका छन् । मंगलवार बसेको प्र...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्प्रति जवाफदेही नभएको आरोप लगाएको छ । एमाले सांसद खगराज अधिकारीले प्रधानमन्त्री देउवा संसद्प्रति जवाफदेही नभएको आरोप लगाएका हुन् । प...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...