०२ असार २०८३, मंगलबार

२० वर्षअघि आफ्नै बाबुलाई हत्या गरेर भाग्ने रतनकाजी पक्राउ

कात्तिक ४, २०७६
२० वर्षअघि आफ्नै बाबुलाई हत्या गरेर भाग्ने रतनकाजी पक्राउ

काठमाडौं– २० वर्षअघि आफ्नै बाबुको हत्या गरेर फरार रहेका  रनकाजी भन्ने रनबहादुर तामाङ पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई सोमबार काठमाडौंको चोभारबाट पक्राउ गरेको हो । 

२०५७ चैत २९ गते काभ्रेपलाञ्चोकको  साबिक स्यामपाटी गाबिस वडा नं ६ स्थित बिमिरे गाँउमा उनले आफ्नै  बाबु धमैसिंह तामाङको सामान्य घरायसी बिषयका क्रममा धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । 
घटनापछि फरार रहेका उनी लामो समय वैदेशिक रोजगारीका लागि कुवेत पुगेका थिए । स्वदेश फर्किएर हाल आफ्नो बास्तबिक परिचय समेत लुकाएर काठमाडौंको विभिन्न स्थानमा लुकेर बस्दै आएका उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ । 

salt training

कमेन्ट गर्नुहोस्