
काठमाडौं – बैंक तथा वित्तीय संस्थाको एउटा शाखाले औसतमा ३ हजार ६ सय नागष्रिकलाई वित्तीय सेवा दिंदै आएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।
०७५ असारमा प्रतिशाखाले ४ हजार ३ सय ३३ जनालाई सेवा दिँदै आएका थिए । मुलुकभर वित्तीय पहुँच विस्तारसँगै प्रतिशाखा आश्रित जनसंख्या पनि घट्दै गएको अध्ययनको निष्कर्ष छ ।
‘बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै एक बैंक शाखाबाट सेवा प्राप्त गर्न सक्ने औसत जनसंख्याको आकार पनि क्रमशः घट्दै गएको छ, ’ प्रतिवेदनमा भनिएको छ ।
गत असोजसम्म मुलुकभर बैंक तथा वित्तीय संस्तथाका ८ हजार ८ सय ५ शाखा सञ्चालना छन् । जसमध्ये प्रदेश ३ मा सबैभन्दखा धेरै २ हजार २ सय ३१ शाखा सञ्चालनमा छन् ।
काठमाडौं उपत्यका प्रदेख ३ मै पर्ने र धेरै बैंक तथा वित्तीय संस्थाको केन्द्रमै रहेकाले यो क्षेत्रमा धेरै शाखा देखिएको राष्ट्र बैंकले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।