११ साउन २०८३, सोमबार

हवाई कारबाहीमा १४ जना लडाकू मारिए

कात्तिक ५, २०७६
हवाई कारबाहीमा १४ जना लडाकू मारिए

तालुकान –अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ । 

सोमबार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा अन्य तीन तालिबान लडाकू घाइते भएका पनि सो विज्ञप्तिमा उल्लेख छ । प्रायः अशान्त भइरहने दर्काद जिल्लामा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । 

 राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा पर्ने  तखार प्रान्त गत केही वर्षयता तालिवानको नेतृत्वमा बढ्दो विद्रोह भइरहेको पाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्