२२ जेठ २०८३, शुक्रबार

नजिकिँदै प्रचण्ड–नेपाल, श्रेष्ठलाई राखेर गोप्य बैठक

कात्तिक ६, २०७६
नजिकिँदै प्रचण्ड–नेपाल, श्रेष्ठलाई राखेर गोप्य बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन् । 

उनीहरुले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन् । 

त्यसमा प्रवक्त नारायणकाजी श्रेष्ठसमेत निम्ल्याइएका थिए । नेताबीच लामै छलफल भएको खुमलटार स्रोतले बतायो । ओलीले पार्टी एकताका बेलाको सहमति र त्यसयताका समझदारी कार्यान्वयनमा चासो नदेखाएको र आफूलाई कमजोर बनाउने खेलमा लागेको बुझाइमा दाहाल छन् । 

नेपाल भने संगठनात्मक एकतामा आफू पक्षका नेतालाई जिम्मेवारीविहीन बनाएको, आफ्नो वरीयता खोसिएको कारण देखाउँदै ओलीसँग असन्तुष्ट छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्