०९ असार २०८३, मंगलबार

वैद्य माओवादीद्वारा उपनिर्वाचन बहिष्कार, विरोधका कार्यक्रम गर्ने

कात्तिक ६, २०७६
वैद्य माओवादीद्वारा उपनिर्वाचन बहिष्कार, विरोधका कार्यक्रम गर्ने
फाइल फोटो

काठमाडौं – मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आसन्न उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ ।

बुधवार पत्रकार सम्मेलन गरी पार्टीका महासचवि मोहन वैद्य किरणले अब हुने कुनैपनि तहको उपनिर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् ।

‘अहिलेको सरकार बदनाम अवस्थामा छ,’ उनले भने, ‘गतल क्रियाकलापको विरोध गर्दै हामीले उपनिर्वाचनलाई बहिष्कार गरेका हौं ।’

वैद्यको माओवादीले यसअघि स्थानीय तह तथा संसद्को निर्वाचनमा भाग लिएको थियो । 

पत्रकार सम्मेलनमा वैद्यले जनताको समस्या समाधान गर्नेतर्फ सरकारले कुनै ध्यान नदिएको बताए ।

आफ्नो पार्टीले उपनिर्वाचको समयमा विरोधका कार्यक्रम गर्ने उनको भनाइ छ ।

प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधि चयन गर्न आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्