१३ असार २०८३, शनिबार

बाख्रामा देखियाे अज्ञात रोग

कात्तिक ६, २०७६
बाख्रामा देखियाे अज्ञात रोग

दाङ - दाङको बबई गाउँपालिकामा बाख्रामा अज्ञात रोग देखिएको छ ।

अज्ञात रोगकै कारण बबई गाउँपालिका–७ का ६० भन्दा बढी बाख्रा मरेका छन् ।

सिमलकुना र रावततारा गाउँमा अज्ञात रोगका कारण ६० बढी बाख्रा मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।

ज्वरो आउने, स्याँस्याँ गर्ने र सिगान छोड्ने त्यसपछि मर्ने गरेको केन्द्रका पशु प्राविधिक धु्रव बस्नेतले जानकारी दिए ।

रोगको पहिचान गर्न नमूना परीक्षणका लागि सम्बन्धित निकायमा पठाउने प्रक्रिया शुरु भएको उनले बताए ।

अहिले रोग नियन्त्रणका लागि बबई गाउँपालिकाको स्वास्थ्य शाखाको टोली खटिएको छ । केही दिन देखि त्यहाँ बाख्रामा यसरी रोग देखा परेको हो ।

salt training

कमेन्ट गर्नुहोस्