२६ असार २०८३, शुक्रबार

हिउँले पुरिएर एक जनाकाे मृत्यु

कात्तिक ६, २०७६
हिउँले पुरिएर एक जनाकाे मृत्यु
प्रतीकात्मक तस्वीर

पोखरा - कास्कीको अन्नपूर्ण गाउँपालिकामा हिउँमा पुरिएर आज एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पोखरा–५स्थित पस्र्याङ बस्ने १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको गण्डकी प्रहरी प्रदेशको कार्यालय पोखराले जनाएको छ ।

कास्कीको अन्नपूर्ण–११ स्थित देउराली बेस क्याम्पनजिक बगरमा तीन पोखरेली युवक हिउँको चट्टान फुटेर पुरिएपछि दुई जनाको उद्धार गरी पोखरा ल्याइएको छ ।

उनीहरु सो क्षेत्र घुम्नका लागि गएका थिए । उद्धार गरी पोखरा ल्याइएका पोखरा–११ बस्ने २० वर्षीय सन्तोष बाँस्तोला र पोखरा–५ बस्ने १८ वर्षीय निरञ्जन कोइरालालाई पोखरा मणिपाल अस्पतालमा भर्ना गरिएको छ ।

दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा घान्द्रुकबाट प्रहरी टोली खटाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्