३२ असार २०८३, बिहीबार

कोठामा धेरै गर्मी भएपछि डेरावालले घरपेटीलाई गोली हाने

कात्तिक ६, २०७६
कोठामा धेरै गर्मी भएपछि डेरावालले घरपेटीलाई गोली हाने

काठमाडौं – फ्रान्सको लेस आर्क्स–सुर–आर्गेन्समा एक डेरावालले आफ्नी ७१ वर्षीया घरपेटीलाई गोली हानेर हत्या गरेका छन् । वातानुकूलन यन्त्र (एसी) का विषयमा विवाद हुँदा गोली चलेको हो । 

मारीसे मालिनलाई डेरावालले गोली हानेका हुन् । डेरावाल सेवानिवृत्त सैनिक हुन् । उनले सोमवार बिहान मालिनलाई पाँच गोली प्रहार गरेको बताइएको छ । 

डेरावालले घरभित्र उखुम गर्मी भएको गुनासो हप्तौंदेखि गरिरहेको छिमेकीहरूले बताए । 

स्थानीयहरूले सोमवार बिहान थुप्रै गोली चलेको आवाज सुने । 

गोली हान्ने व्यक्ति उक्त गाउँमा केही महिनाअघि मात्र पत्नीसँग आएको र अक्टोबर महिनामा अन्त जान लागेको बताइएको छ । 

उनले घरपेटीलाई एसी जडान गर्न भनेको अनि घरपेटीले अक्टोबरसम्ममा जडान गर्ने बताएको थाहा हुन आएको छ । 

गोलीकाण्डपछि उक्त शान्त टोलका मानिस स्तब्ध भएका छन् । 

ती वृद्धा घरपेटीलाई गाउँलेहरूले चिन्थे अनि माया गर्थे । 

डेरावाललाई पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको छ । हत्याको अनुसन्धान चलिरहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्