२७ असार २०८३, शनिबार

पेट्रोलपम्पमा सिलबन्दी, यसरी भयो ठगी

कात्तिक ६, २०७६
पेट्रोलपम्पमा सिलबन्दी, यसरी भयो ठगी

विराटनगर–नाप तौल तथा गुणस्तरीय कार्यालय विराटनगरबाट खटिएको अनुगमन टोलीले सिरहाका महत्तो फ्युल सेन्टरमा आज तालाबन्दी गरेको छ ।

 विसनपुर गाउँपालिका–५ स्थित लक्ष्मीपुरमा सञ्चालित सो पेट्रोलपम्पले पेट्रोल कमबेसी गर्ने मेशिनको सिल बिगारी पेट्रोल र डिजेलको डिस्प्ले बिगारेर डिजेल बिक्री गरिरहेको अवस्थामा टोलीले जाँच गर्ने क्रममा फेला पारी सिलबन्दी गरेको नाप तौल तथा गुणस्तरीय कार्यालयका प्रमुख शम्भू झाले जानकारी दिए । 

    उनका अनुसार सो पेट्रोल पम्पले पाँच लिटर पेट्रोलमा १०० मिलि र पाँच लिटर डिजेलमा १४० मिलि कम बिक्री गर्ने गरेको अनुगमन टोलीले फेला पारेको थियो । स्टण्डर्ड नाप तौल ऐन–२०२५ को दफा ३ बमोजिम यसरी मेशिन बिगारी कम परिमाणमा बिक्री गर्ने पम्प सञ्चालकलाई तीन वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग दाबी गर्दै कारवाही प्रक्रिया अगाडि बढाएको प्रमुख झाले बताए । टोलीमा जिल्ला प्रशासन कार्यालय सिरहाका कर्मचारी कमल आचार्य र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी हेमन्तविक्रम राणा पनि सम्मिलित थिए । 

सो टोलीले सिरहा बजारका पिके राज पेट्रोल पम्प र सिरहाकै माडरस्थितका राधा नदीम पेट्रोल पम्पको अनुगमन गरी नाप जाँच गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्