०२ असार २०८३, मंगलबार

भारतीय नागरिकता प्रकरणमा बोले देवेन्द्रराज कँडेल

कात्तिक ६, २०७६
भारतीय नागरिकता प्रकरणमा बोले देवेन्द्रराज कँडेल

नेपाली काङ्ग्रेसका नेता एवं पूर्वसङ्घीय सांसद देवेन्द्रराज कँडेलले आफूसँग भारतीय नागरिकता रहेको भन्ने समाचारको खण्डन गरेका छन् । 

    काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गरी उनले आफ्नो नाममा हालसम्म भारतको नागरिकता नभएको र भारतको कहीँकतै स्थानीय वा आम निर्वाचनमा मतदाता सूचीमा नाम नरहेकोसमेत स्पष्ट पारे । 

    उनले आफ्नो बाल्यकालदेखिको शिक्षा भारतमा भएको र सोही शैक्षिक प्रमाणपत्रको आधारमा नै उहिल्यै नै सवारी चालक अनुमतिपत्र लिएको र उक्त अनुमतिपत्र भने अहिले पनि आफूसँग रहेको बताए । 

    नेता कँडेलले भने “मेरो हजुरआमा स्व राधादेवी राणाशासनविरुद्धमा प्रजातन्त्रका लागि लड्दै आउनुभएको र तत्लकालीन समयमा नेपालमा अध्ययन÷अध्यापन सम्भव नभएपछि नेपालको सिमानाबाट २०० मिटर टाढा भारतको सिमानामा २००६ सालमा आफ्नो नाममा विद्यालय स्थापना गर्नुभएको हो । उक्त विद्यालयमा स्थापनाकालदेखि नै हाम्रो परिवारबाट व्यवस्थापन समितिको अध्यक्ष निरन्तर रहँदै आएको छ । पारिवारिक संरक्षकको हैसियतमा मेरो हजुरआमा, त्यसपछि मेरो बुबा र हाल म अध्यक्षका रुपमा निरन्तरताको स्वरुप रहँदै आएको छु ।” 
 

salt training

कमेन्ट गर्नुहोस्