२३ जेठ २०८३, शनिबार

प्रीतिलाई 'कोइ मिल गया'

कात्तिक ७, २०७६
प्रीतिलाई 'कोइ मिल गया'

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री प्रीति जिन्टाको भेट हालै अभिनेता ऋतिक रोशनसँग भयो ।

उनले ऋतिकसँगको भेटको एक तस्वीर इन्स्टाग्राममा शेयर गर्दै तस्बीरको क्याप्सनमा  ‘कोइ मिल गया’ लेखिन् । उनीहरू दुवैका प्रशंसकले यो तस्बीर साह्रै रुचाएका छन् । 

प्रीति र ऋतिक अभिनीत फिल्म 'कोइ मिल गया’ सन् २००३ मा प्रदर्शनमा आएको थियो । यसैले प्रीतिले फोटोमा कोइ मिल गया लेखेकी हुन् ।

प्रीतिले पछिल्लो समय आफूलाई फिल्मबाट अलग गरी सम्पूर्ण ध्यान आईपीएलमा लगाएकी छन् । 

गत वर्ष प्रीति अभिनीत फिल्म ‘भैयाजी सुपरहिट’मा देखिएकी थिइन् । सनी देवलसँगको उक्त फिल्मले कुनै चर्चा भने कमाउन सकेन ।

त्यसपछि उनी फेरि फिल्म क्षेत्रबाट टाढिएकी छन् । उता ऋतिक भने फिल्म ‘वार’को कमाइले चर्चामा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्