२४ असार २०८३, बुधबार

भीटेनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रश्न- चौकीमा दारु खाँदै मस्ती गर्ने हिम्मत छ ?

कात्तिक ७, २०७६
भीटेनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रश्न- चौकीमा दारु खाँदै मस्ती गर्ने हिम्मत छ ?

काठमाडौं- चर्चित र्‍यापर समिर घिसिङ 'भीटेन' बिहीवार दिउँसो पक्राउ परेका छन् । 

उनले गीतमा प्रहरीलाई डन्ठे भनेका छन् । अश्लील गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाको भनाइ छ । उनका अनुसार, गीतको भिडियोमा अनुमतिबिना नै असईको ड्रेस लगाएर गाँजा मोलेको समेत पाइएको छ । त्यसैकारण उनलाई पक्राउ गरिएको हो । 

के छ उनको गीतमा ? 

अस्पताल गएको थिएँ अस्ति पट्यादिएँ मैले नर्सलाई

च्याप्प समातेर हानिदिएँ मैले त्यो नर्सको घाँटीमै लभ बाइट

यतिकैमा समाउन आयो हबल्दार

बाल छैन, बाल अहिले म त झ्याप

चौकी छिर्‍या डीएसपीलाई दिए अटोग्राफ

त्यो देख्दा डन्ठेहरू सबलाई आयो हार्टअट्याक

भीटेन पक्राउ परेसँगै सामाजिक सञ्जालमा अनेकौं टिकाटिप्पणीहरू शुरू हुन थालेका छन् । यसैबीच ट्वीटर प्रयोगकर्ता निर्मल भण्डारीले व्यङ्ग्य गर्दै लेखेका छन्, 'भीटेन जी तपाईं अहिले के गर्दै हुनुहुन्छ ? 

उत्तरमा उनले 'भीटेन'कै गीतका लाइन राखेका छन् । 

त्यस्तै अर्का प्रयोगकर्ताले भीटेनलाई अब चौकीमा दारु खाँदै मस्ती गर त हिम्मत छ ? भनेर प्रश्न गरेका छन् ।

Photo : Medha

salt training

कमेन्ट गर्नुहोस्