काठमाडौं, २३ चैत– राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका सहमहासचिव र युवा नेता योगेन्द्र राय यादव लगायतका अन्य पार्टीका १५ सयभन्दा बढी नेता कार्यकर्ताहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
मंगलबार लहानमा फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सदभावना पार्टी जिल्ला कार्य समितिका अधिकांश जिल्ला सदस्यहरु, नेपाली कांग्रेस, एमाले लगायतका नेता कार्यकताहरु फोरममा प्रवेश गरेका छन । पार्टी प्रवेश कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय नेताहरु, कांग्रेस र एमालेका सक्रिय जिल्ला नेताहरु गरी १५ सयभन्दा बढी प्रभावशाली नेता कार्यकर्ताहरुलाई अध्यक्ष उपेन्द्र यादवले पार्टीमा भित्र्याएका छन् ।
सद्भावना पार्टीका सहमहासचिव राजकुमार गुप्ता, युवा नेता योगेन्द्र राय यादव, जिल्ला सचिव राकेश यादव, जिल्ला सदस्यहरु शंकर चौधरी, कमल पासवान, रविन्द्र यादव, उपेन्द्र राय, शम्भु यादव, किशुन चौरसिया, हृदय नारायण यादव, दिनेश यादव, चन्देश्वर यादव, राजेन्द्र यादव, मोहर चौधरी कलवार, शिवजी यादव, गर्भू साह, लालबाबु यादव टिकुलिया, दिनेश यादव , दिनेश कु यादव, कपल यादव, विद्यार्थी मंचका केन्द्रीय सदस्य दिपेन्द्र यादव र संस्थापक नेता लालबाबु यादव लगायतले फोरममा प्रवेश गरेका छन् । रामसपाका दर्जनौं नेता कार्यकर्ताद्वारा पार्टी परित्याग सप्तरी ।
शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीका सप्तरीका एक दर्जन जिल्लास्तरीय नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । पार्टीभित्र गलत संस्कार हावी भएको भन्दै आफूहरुले सामूहिक राजीनामा गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीका पूर्व केन्द्रीय सदस्य तथा संस्थापक नेता भरतप्रसाद साहलगायतले मङ्गलबार संयुक्त प्रेस विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।
सप्तरीका जिल्ला उपाध्यक्ष वैजुप्रसाद दास र भागिरथप्रसाद साह, सहसचिव ललनप्रसाद यादव, जिल्ला सदस्य रासदेव राम, चित्तरंजन सदा, रामचन्द्र चौधरी, कुलानन्द चौधरी, मुसण्डिवती चौधरी, सञ्जीवकुमार साह, जिल्ला सल्लाहकार युगेश्वर साह र युवा सङ्गठनका पूर्व जिल्ला अध्यक्ष सनात अलिले पार्टी परित्याग गरेका छन् ।