महोत्तरी, २३ चैत– महोत्तरी जिल्लाको वर्दिबास नगरपालिका–२ मा धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको नमूना ‘मुसहर बस्ती’को काम अन्तिम चरणमा पुगेको छ ।
उक्त वस्ती आगामी वैशाख १ गते स्थानीय समूदायलाई हस्तान्तरण गरिने हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिएका छन् । हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यमा बस्ती हस्तान्तरण गरिन लागेको हो ।

बुधबार सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले आफुना मातापिता र जनकपुरधाम सफाई अभियान्ता पत्रकार रामअशिष यादवको हातबाट बस्ती हस्तान्तरण गरिने उल्लेख गरेका छन् ।


तस्वीरहरुःधुर्मुसको फेसबुकबाट ।