०८ असार २०८३, सोमबार

चिनियाँ राष्ट्रपतिको अमेरिका भ्रमण अघि उत्तर कोरियाको मिसाइल परीक्षण

कात्तिक २०, २०७४
चिनियाँ राष्ट्रपतिको अमेरिका भ्रमण अघि उत्तर कोरियाको मिसाइल परीक्षण
अमेरिकी तथा दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाले आफ्नो पूर्वी सामुद्रीक बन्दरगाहबाट जापानी सागरमा एक बेलास्टिक मिसाइल खलासेको छ ।
दक्षिण कोरियाका रक्षा मन्त्रीका अनुसार मिसाइल करिब ६० किलोमिटर परसम्म पुगेको थियो । उत्तर कोरियाले पछिल्लो पटक गरेको परीक्षण भएको बीबीसीले जनाएको छ ।

उत्तरले यो परीक्षण शान्तिपूर्वक बताएको छ तर पश्चिमी देशले भने उसउको परमाणु परीक्षण परमाणु हतियार कार्यक्रमको हिस्सा भएको हुनुक्ने भन्दै विरोध गर्दै आएको छ ।

चीनका राष्ट्रपति शी चिनफिङको अमेरिकी यात्रा भन्दा केही पहिला मात्र उत्तर कोरियाले यो परीक्षण गरेको हो । चिनियाँ राष्ट्रपतिले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उत्त भेटमा उत्तर कोरियाको मिसाइल कार्यक्रममा लगाम लगाउने विषयमा छलफल हुने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघको तर्फबाट उत्तर कोरियामाथि मिसाइल तथा परमाणु परीक्षणलाई लिएर प्रतिवन्ध लगाएको छ ।

गत महिना पनि उत्तर कोरियाले चार क्षेप्यात्र परीक्षण गरेको थियो । जुन चोगचांगरी इलाकाबाट जापान सागरमा खसालिएको थियो ।

नयाँ मिसाइल परीक्षणलाई जापानी प्रधानमन्त्रीले नयाँ खतरा भएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्