
काठमाडौं – नेपाली २३ वर्षमुनि (यू–२३) राष्ट्रिय फूटबल टोलीले शुक्रवार म्यान्मासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।
नेपालमा आयोजना हुने १३ औंं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टोलीले म्यानमालाई हराउने उद्देश्यका साथ मैदानमा उत्रने भएको छ ।
कतारस्थित दोहा रंगशालामा हुने खेल राति ९ः१५ बजे शुरू हुनेछ ।
साग भने आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हँुदैछ । नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी र तेज तामाङ छन् ।
त्यसैगरी अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पन कार्की छन् । त्यसैगरी दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बू, नितिन थापा, सेसेहाङ आङदेम्बे, मिक्चेन तामाङ, रामचन्द्र बाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन र सुमन अर्याल छन् ।