१४ असार २०८३, आइतबार

एलजीको नयाँ शोरुम पेप्पसीकोलामा

कात्तिक ८, २०७६
एलजीको नयाँ शोरुम पेप्पसीकोलामा

काठमाडौं – सीजी इलेक्ट्रोनिक्सले शुक्रवार भ्याली डिजिटल नामक नयाँ शोरुम पेप्सीकोलाको सूर्यमुखी चोकमा खोलेको छ । 

एलजी ब्राण्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभावकारी बनाउँदै जाने कम्पनीको मुख्य उद्देश्य रहेको छ ।

नयाँ शोरुमले ग्राहकलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनबारे पनि जानकारी गराउने एलजीले जनाएको छ ।

ग्राहकलाई एलजीका सामग्री तथा उत्पादन थप खरिद गर्नको लागि थुप्रै योजना पनि कम्पनीले बजारमा ल्याएको छ । कुनै पनि एलजीका सामग्री खरिद गर्दा ग्राहकले विशेष छूटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सकिने जनाइएको छ ।

कम्पनीले भविष्यमा देशका अन्य भागमा पनि शोरुम विस्तार गर्दै जाने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्