२२ जेठ २०८३, शुक्रबार

शिवम् सिमेन्ट्सका शेयरधनीलाई प्रतिशेयर १५% लाभांश

कात्तिक ८, २०७६
शिवम् सिमेन्ट्सका शेयरधनीलाई प्रतिशेयर १५% लाभांश

काठमाडौं – नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले पब्लिक कम्पनीमा परिणत भइसकेपछिको चौथो वार्षिक साधारणसभा शुक्रवार कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको छ ।

कम्पनीले सर्वसाधारण शेयरधनीमा शेयर निष्काशन गरेको १ वर्ष नपुग्दै २ वटा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

साधारण सभाले आफ्ना शेयरधनीलाई प्रतिशेयर १५ प्रतिशत (करबाहेक) का दरले हुन आउने ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ नगद लाभांश रकम वितरण गर्ने प्रस्तावसहित कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षणको प्रतिवेदन सहितका संलग्न विवरण, आव २०७६/०७७ को आयव्ययको लेखापरीक्षण गर्न सुभाष एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनीका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी आगामी ४ बर्षे कार्यकालका लागि ५ जना सञ्चालकको निर्विरोध निर्वाचन समेत गरेको छ । निर्विरोध निर्वाचित हुने सञ्चालकमा सुरेन्द्रकुमार गोयल, रघुनन्दन मारु, सन्दिप कुमार शारडा, अमित मोर र रोहित गुप्ता छन् भने वार्षिक साधारणसभा सम्पन्न हुनासाथ बसेको सञ्चालकको बैठकले नवनिर्वाचित सञ्चालक सुरेन्द्रकुमार गोयललाई कार्यकारी अध्यक्ष र रघुनन्दन मारुलाई कार्यकारी सञ्चालकको पुनः जिम्मेवारी दिँदै ६ सदस्यीय सञ्चालक समितिको गठन समेत गरेको छ ।

शुक्रवार निर्वाचित हुने ५ जना सञ्चालक यसअघि समेत सञ्चालकको जिम्मेवारीमा थिए । गत वैशाख ९ गते सम्पन्न भएको कम्पनीको आव २०७४/०७५ को वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अलका गोयललाई ४ वर्षका लागि सञ्चालकमा निर्वाचत गरेको थियो ।

अब कम्पनीको स्वीकृत नियमावली बमोजिम १ जना स्वतन्त्र व्यावसायिक सञ्चालकको मनोनित हुन बाँकी रहेको छ । व्यावसायिक सञ्चालक मनोनित गरेपछि ७ सदस्यीय सञ्चालक समिति पूर्ण हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्