२५ जेठ २०८३, सोमबार

बुटवलका सामुदायिक विद्यालयहरूको भौतिक सुधार, गुणस्तरीय शैक्षिक वातावरण बन्दै

कात्तिक ८, २०७६
बुटवलका सामुदायिक विद्यालयहरूको भौतिक सुधार, गुणस्तरीय शैक्षिक वातावरण बन्दै

बुटवल - बुटवल उपमहानगरपालिकाले विद्यालय क्षेत्र सुधार अभियान स्वरुप सामुदायिक विद्यालयमा भौतिक पुर्वाधार निर्माण तथा पुनःनिर्माणमा जोड दिएको छ ।

शिक्षामा माध्यामिक तहसम्मको अधिकार स्थानीय तहलाई आएपछि बुटवल उपमहानगरपासलिकाले विद्यालयको भौतिक पूर्वाधार सुधार अभियान सुरु गरेको हो ।

शिक्षाको गुणस्तर बढाउने देखि विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि संगसंगै अभियान सञ्चालन गरिएको प्रमुख शिवराज सुवेदीले बताए । उनले नगर शिक्षा योजना निर्माणदेखि शैक्षिक संगोष्ठिमार्फत स्थानीय पाठ्यक्रम निर्माणसम्मका काम सम्पन्न भइसकेको जानकारी दिए ।

बुटवल उपमहानगरपालिकामा हालसम्म १० वटा सामुदायिक विद्यालयका आधुनिक भवन निर्माण तथा पुनर्निर्माणका काम भइरहेका छन् । निर्माण कार्य सकिसकेका र निर्माणाधिन अवस्थामा रहेका १० वटा विद्यालयहरुलाई उपमहानगरपालिकाले रकम निकासा गरिसकेको छ ।

उपमहानगरपालिकाले आर्थिक बर्ष २०७५/७६ को शैक्षिक कार्यक्रम अन्तर्गत सञ्चालित भौतिक निर्माणका कार्यक्रम अन्तर्गत विद्यालयहरुलाई उक्त रकम निकासा गरेको उपमहानगरपालिकाका शिक्षा महाशाखा संयोजक मित्रमणि खनालले जानकारी दिए  । 

उपमहानगरपालिका अन्तर्गतका नहरपुर माध्यमिक विद्यालय, मोतीपुर माध्यमिक विद्यालय, जनशक्ति नमूना भिमप्रसाद गोमता न्यौपाने प्राथमिक विद्यालय, जितेश्वरी माध्यमिक विद्यालयका नयाँ भवन निर्माण भएका छन् । यीमध्ये कतिपय विद्यालयका भवन पुनर्निर्माणपनि गरिएका छन् ।

यस्तै बुटवलकै लक्ष्मी मा.वि., नयाँगाउँ मा.वि, ज्ञानोदय मा.वि., नवरत्न मा.वि., सूर्योदय प्रा.वि. र सहिद स्मृति प्रा.विमा भौतिक पुर्वाधार निर्माणका काम सम्पन्न भइसकेको बुटववल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए  ।

नहरपुर मा.वि.मा शैक्षिक विकास कोषबाट १६ लाख ६८ हजार सात सय ६४ रुपैंया तथा शशर्त अनुदानबाट ३२ लाख गरि ४८ लाख ६८ हजार सात सय ६४ रुपैंया निकासा भइसकेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए  ।

शैक्षिक गुणस्तर सुधारका साथै भौतिक पूर्वाधार निर्माणका काम पनि संगसंगै सञ्चालन गरिएकाले हौसला बढेको नहरपुर माविका प्रअ धनिश्वर गौतमले बताए  ।

त्यस्तै मोतिपुर मा.वि.लाई अधुरो भवन पूरा गर्न एक लाख रुपैंया, जनशक्ति नमूना भिमप्रसाद गोमता न्यौपाने प्रा.वि.लाई अधुरो भवन निर्माण गर्न १६ लाख रुपैंया निकासा गरिएको छ । यस्तै जितेश्वरी माध्यमिक विद्यालय, लक्ष्मी मा.वि. र नयाँगाउँ मा.वि.लाई लागत स्टीमेट बमोजिम रकम नपुग भई निर्माण कार्य सम्पन्न गर्न प्रति विद्यालय आठ लाख ६८ हजार सात सय ६४ रुपैंया रकम निकासा गरेको छ ।

यी विद्यालयहरुलाई प्रदेश सरकारकोसामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले ४ कोठे भवन उपलब्ध गराएको हो । त्यस्तै ज्ञानोदय माध्यमिक विद्यालयलाई भवन निर्माण गर्न सात लाख, नवरत्न मा.वि.लाई भवन तथा ट्रष्ट निर्माणको लागि २० लाख रकम निकासा गरेको छ ।

कम्पाउण्ड वाल नभई विद्यालयमा असहजता भएको भनी सूर्योदय प्रा.वि. र सहिद स्मृति प्रा.वि.लाई कम्पाउण्ड वाल बापतको प्रति विद्यालय १० लाख रुपैंया निकासा गरिएको छ । विद्यालयहरुले वाल निर्माणको काम गरिसकेका छन् ।

उपमहानगरपालिका नगर शिक्षा योजना तयार गरि लागु गर्ने पहिलो स्थानिय तह हो । उपमहानगरपालिकाले उक्त योजना अनुरुप स्थानिय पाठ्यक्रम तयार गरी लागु गरिसकेको छ ।

त्यस्तै उच्च शिक्षामा प्राविधिक विषयका बारेमा कार्यदल बनाएर हाल प्राविधिक शिक्षाको विस्तार गर्ने योजनामा रहेको उपमहानगरपालिकाकी उपप्रमुख गोमा देवी आचार्यले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्