०८ असार २०८३, सोमबार

सिरियामा रासायनिक ग्यासको प्रयोग गरी दर्जनौंको हत्या भएको दाबी

कात्तिक २०, २०७४
सिरियामा रासायनिक ग्यासको प्रयोग गरी दर्जनौंको हत्या भएको दाबी

काठमाडौं, २३ चैत — सिरियामा सरकारी पक्षबाट भएको रासायनिक ग्यास हमलामा परी बालबालिका लगायत दर्जनौं मानिस मारिएको खुलेको छ । मंगलवार सिरियाको उत्तरपश्चिमी इद्लिब प्रान्तमा आक्रमण भएको त्यहाँ कार्यरत उद्धारकर्ताहरूले बताएका छन् ।


अमेरिकी सरकारले आक्रमणमा सरिन ग्यास प्रयोग भएको विश्वास गरेको एक स्रोतले बतायो । उक्त आक्रमण सिरियाली राष्ट्र बशर अल–असदप्रति बफादार शक्तिहरूले गराएको लगभग सुनिश्चित भएको उक्त स्रोतले थप्यो ।

सिरियाको सेनाले भने यसमा जिम्मेवारी वहन गर्न अस्वीकार गर्दै आफूहरूले कहिल्यै पनि रासायनिक हतियार प्रयोग नगर्ने जनायो । सिरियाली गृहयुद्धमा रासायनिक हतियार प्रयोगका विषयमा उसले पहिले पनि इन्कारी गर्दै आएको छ ।

अमेरिका, बेलायत र फ्रान्सले मंगलवार आक्रमणको भर्त्सना गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव प्रस्तुत गरेका छन् । प्रस्तावमा असदका सेनामाथि आरोप लगाइएको छ । कूटनीतिज्ञहरूका अनुसार प्रस्तावमाथि सम्भवतः बुधवार मतदान गरिनेछ ।

उक्त आक्रमणपछि राजनीतिक आरोपप्रत्यारोप पनि शुरु भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बशर अल–असदको जघन्य कार्यको निन्दा गरे तर पूर्ववर्ती बाराक ओबामाले सिरियाका विषयमा देखाएको कमजोरी पनि दोषी रहेको बताए ।

सिरियाका एक विपक्षी नेताले चाहिँ अमेरिका असदलाई हटाउनुभन्दा पनि इस्लामिक स्टेटलाई रोक्नतिर लागेकाले यस्तो घटना हुन पुगेको बताएका छन् ।

रोयटर्सबाट


salt training

कमेन्ट गर्नुहोस्