१९ असार २०८३, शुक्रबार

ब्रेन ट्युमर पीडित पूर्व संविधानसभा सदस्य सुवेदीको निधन

कात्तिक ९, २०७६
ब्रेन ट्युमर पीडित पूर्व संविधानसभा सदस्य सुवेदीको निधन

काठमाडौं –  नेकपा नेतृ एवंम पूर्व संविधानसभा सदस्य कमला सुवेदीको निधन भएको छ।

सुवेदीको ५१ वर्षको उमेरमा शनिबार बिहान घरमै निधन भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा रामेछापका सचिव एवम् प्रदेश सांसद शान्तीप्रसाद पौडेलले जानकारी दिए।

लामो समयदेखि ब्रेन ट्युमर पीडित  सुवेदीलाई १५/२० दिन अगाडि नै अस्पतालले अब उपचार सम्भव नहुने जानकारी दिइसकेको पौडेलले बताए ।

उनको ब्रेन ट्युमर रोग देखा परेपछि लामो समय मेडिसिटी अस्पतालमा उपचार गराइएको थियो। पछिल्लो पटक सिभिल अस्पतालमा उपचारका लागि लगिएपछि उनको उपचार सम्भव नभएको अस्पतालले परिवारलाई जानकारी दिएको हो। उनको शनिबार बिहानै पशुपतिनाथमा दाहसंस्कार गरिएको छ। सुवेदीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आर्यघाटमा पार्टीका नेता कार्यकर्ता पुगेका थिए। 

सुवेदी नेकपा एमाले रामेछाप-काठमाडौ सम्पर्क मञ्च अध्यक्ष, जिल्ला कमिटी सदस्य हुँदै तत्कालीन नेकपा एमालेकी केन्द्रीय सदस्य भएकी थिइन्। सुवेदी दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेकी थिइन‍्।

salt training

कमेन्ट गर्नुहोस्