०३ असार २०८३, बुधबार

यी महिला जिभ्रोले पंखा रोक्न सक्छिन् (भिडियो सहित)

कात्तिक २०, २०७४
यी महिला जिभ्रोले पंखा रोक्न सक्छिन् (भिडियो सहित)

संसारमा आश्चर्यजनक काम गर्ने मानिसको कुनै कमी छैन । अचम्मका क्रियाकलाप गरेर मानिसहरू अनेकथरीका कीर्तिमान बनाइरहेका हुन्छन् ।


यस्तै एक कीर्तिमान रुसकी एक महिलाले बनाएकी छन् । जोए इल्लिस नामक यी महिलाले चलिरहेको विद्युतीय पंखालाई जिभ्रोले रोकेर कीर्तिमान बनाएकी हुन् ।

तीव्र गतिमा चलिरहेको पंखा रोक्न सक्ने यी महिला स्टन्ट आर्टिस्ट हुन् ।

इटालीको लो शो देई रेकर्डमा उनको यो अचम्मको प्रदर्शन गरेर कीर्तिमान बनाइन् ।

एक मिनेटमा ३२ चोटि चलायमान पंखा रोकेर आफ्नो पुरानो कीर्तिमान तोड्न उनी सफल भएकी थिइन् ।

हेरौं भिडियो :


एजेन्सी



salt training

कमेन्ट गर्नुहोस्