
काठमाडौं – मोटरसाइकलमा सवार ३ जना मानिसले कुखुरा चोरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भारतको उत्तरप्रदेशको हरदोई जिल्लामा तीज चोरले मोटरसाइकलमा आई कुखुरा चोरेका हुन् । जुन सीसीटीभीमा रेकर्ड भएको छ ।
ती चोरहरूले सडकमा चरिरहेको कुखुरा चोरेका हुन् । कुखुरा चोर्ने तिनीहरूको भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि त्यहाँको प्रहरीले अहिले तिनीहरूलाई कारबाही गरेको बताएको छ ।
प्रहरीले कुखुरा मालिकसँगको सम्पर्कमा उनीहरूलाई कारबाही गरेको जनाएको छ । एजेन्सी
