१३ असार २०८३, शनिबार

‘मन्त्रीज्यू, काठमाडौंको जाम कहिले खुल्छ ?’

कात्तिक ९, २०७६
‘मन्त्रीज्यू, काठमाडौंको जाम कहिले खुल्छ ?’
फाइल फोटो

काठमाडौं – ‘मन्त्री ज्यू, म कलंकीमा बस्छु, काम गर्न सिंहदरबार जाँदै गर्दा कालिमाटीमा जहिल्यै लामो समयसम्म जाममा बस्नुपर्छ, काठमाडौंमा यस्ता जाम हुने ठाउँहरू धेरै छन्, यी जामहरू कहिले खुल्छन् होला ?’

काठमाडौंको जाम सम्झिएर दिक्क मान्दै एक पत्रकारले सोधेको प्रश्नमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंको जाम समाधानका लागि सरकारले ७ स्थानमा अन्डर पासको तयारी गरिरहेको जवाफ दिए ।

मन्त्री महासेठले भने, ‘काठमाडौंको जाम समाधान गर्न हामीले गौशाला, कोटेश्वर, चाबहिल, थापाथली र नयाँ बानेश्वर लगायतका स्थानमा अन्डर पासको व्यवस्था गर्न काम अगाडि बढाइएको छौं ।’ 

काठमाडौंका सडकमा खानेपानीको पाइप गाडेर कहिले सकिन्छ ? एउटाले बाटो बनाउँदै जान्छ, अर्कोले फेरि पाइप राख्ने भन्दै बाटो खन्दै जान्छ, यस्तो प्रक्रिया कहिलेसम्म चल्छ मन्त्रीज्यू ? शनिवार आयोजित साक्षात्कारमा पहिलो प्रश्नको पूरा जवाफ दिन नपाउँदै मन्त्रीसमक्ष ती पत्रकारले फेरि अर्को प्रश्न तेर्‍याए । 

मन्त्रीको जवाफ थियो, ‘हामीले जसले बाटो खनेर पाइप बिछ्याउने काम गर्छ उसले नै तत्काल त्यो बाटो पुरेर कालो पत्र गर्नुपर्ने कडा निर्देशन दिएका छौं र त्यहीअनुसार काम भइरहहेको छ र त्यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग पनि छलफल भइरहेको छ ।’ उनले काठमाडौं शहरलाई व्यवस्थित गर्नका लागि पुल र सडक निर्माणको काम भइरहेको बताए ।

मन्त्री महासेठले विगतको तुलनामा वर्तमान सरकारले पूर्वाधार, आर्थिक विकास, शान्ति सुरक्षा र पर्यटन विकासका क्षेत्रमा जनताको चाहनाअनुसार नै अगाडि बढिरहेको बताए । ‘सरकार प्रत्येक दिन एक कदम अगाडि बढेको छ, सडक निर्माणदेखि पुल निर्माणसम्म सरकार तदारुकताका साथ अगाडि बढिरहेको छ, यो आर्थिक वर्षमा ३०० वटा पुल निर्माण गर्ने सरकारको लक्ष्य छ,’ उनले भने ।

हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मदन भण्डारी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनामा द्रूतगतिका काम भइरहेको जानकारी दिँदै मन्त्री महासेठले रेलका बारेमा पनि लक्ष्यअनुरुप नै काम अगाडि बढेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्