२१ असार २०८३, आइतबार

कुखुरा खोरमा जुवातास खेल्ने ६ जना पक्राउ

कात्तिक ९, २०७६
कुखुरा खोरमा जुवातास खेल्ने ६ जना पक्राउ

सुर्खेत – तिहारको रमझममा जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ खोलीगाउँस्थित लक्ष्मीराज केसीको कुखुरा पालन गर्न बनाइएको खोरमा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले शनिवार दिउँसो सवा २ बजेतिर तास, १६ कौडा र ८१ हजार ८९५ रुपैयाँ बरामद गर्दै ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–९ बस्ने ४२ वर्षीय गोपाल गुरुङ, ३८ वर्षीय सरोज बस्नेत, ४१ वर्षीय राजन गिरी, ३७ वर्षीय मनोज पन्त, २९ वर्षीय नानुसिंह ठकुरी र वडा नम्बर ६ बस्ने ४८ वर्षीय मुकुन्द मानन्धर रहेका छन् ।

पक्राउ परेका सबैलाई प्रहरी नियन्त्रणमा राखेर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी कार्यालयका डीएसपी रवि रावलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्