
काठमाडौं –बोल्ड र बिन्दास छविका कारण बलिउडमा श्रुति हसनको बेग्लै चर्चा छ ।
उनका बुवा कमल हसन पनि बलिउडका सुपरस्टार हुन् । व्यक्तिगत कुरा सार्वजनिक गरेर उनी बेलाबेला विवादमा आइरहन्छिन् । उनी केही महिनाअघि आफ्नो इटालियन प्रेमीसँगका तस्वीरका कारण चर्चामा थिइन् ।
अहिले भने उनले आफ्नो खराब लतको अनुभव सार्वजनिक गरेकी छिन् । उनी मदिराको लतमा नराम्रोसँग फसेकी थिइन् ।
मदिरा र ड्रगको लतले गर्दा उनको अरिअरमा पनि नराम्रो असर परेको थियो । यो लत छाड्न उनलाई निकै गाह्रो भएको थियो ।
यो लत छाडेपछि उनको शरीरमा प्रतिकूल असर पर्न थाल्यो । यसले गर्दा उनको स्वभावमै परिवर्तन आउन थाल्यो ।
अहिले उनी मदिराको लतबाट मुक्त भएकी छिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।