काठमाडौं – अमेरिकाको टेक्सासस्थित ग्रीनभिलमा आइतवार विश्वविद्यालयका विद्यार्थीहरूको पार्टीमा गोलीकाण्ड भएको छ ।
घटनामा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते छन् । प्रहरीका अनुसार, ए यान्ड एम विश्वविद्यालयको कमर्सका विद्यार्थीहरू क्याम्पसबाट लगभग २४ किलोमिटर पर हन्ट्स काउन्टीमा होमकमिङ पार्टी गरिरहेका थिए ।
त्यसैक्रममा गोलीकाण्ड भएको हो । आक्रमणकारीलाई पक्राउ गर्न सकिएको छैन ।
हन्ट्स काउन्टीका शेरिफ कार्यालयले घटना भएको १५ मिनटपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
चीफ डेपुटी अफिसर बडी अक्सफोर्डका अनुसार, अधिकारीहरू भित्र पुग्दा दुईजनाको लाश फेला परेको थियो । केही मानिस घाइते समेत बनेका थिए । उनीहरूलाई अस्पताल पठाइएको थियो ।’
अमेरिकामा समय समयमा गोलीकाण्ड हुने गरेका छन् ।
एजेन्सी