
भरतपुर – चितवनको खैरहनीमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका–८ पर्सा बजारमा आइतवार राति नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना६ख १७४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना५५प २१३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते बनेका मोटरसाइकल चालक खैरहनी–१ बस्ने ३० वर्षीय अनिल अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।