०८ असार २०८३, सोमबार

नगद ६ लाखसहित ८ जुवाडे पक्राउ

कात्तिक ११, २०७६
नगद ६ लाखसहित ८ जुवाडे पक्राउ

दाङ – लमही नगरपालिकाका रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमवार प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

जुवाडेसँगै प्रहरीले ६ लाख ७८ हजार रुपैयाँ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार पक्राउ पर्नेमा जुवा खेलाउने श्रेष्ठ, लमही नगरपालिका–८ का प्रकाश खड्का, सोही ठाउँका कर्णबहादुर बुढाथोकी, खिम पुन, अशोककुमार खड्का, लमही नगरपालिका–३ का अमरबहादुर तामाङ, वडा नम्बर ६ का भिविराज किराती र लमही–५ का मुकेश  चौधरी छन् ।

ईलाका प्रहरी कार्यालय लमहीको टोलीले पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइने शाहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्