०४ असार २०८३, बिहीबार

लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्कँदा लाखौंको क्षति

कात्तिक ११, २०७६
लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्कँदा लाखौंको क्षति
फाइल फोटो

सोलुखुम्बु –जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यान कुमाल गाउँको एक घरमा आगलागी भएको छ ।

लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्ँिकदा स्थानीय रुपा नेवारको ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

आगलागीबाट लक्ष्मीपूजाका लागि राखिएको नगद १ लाख ५० हजार रुपैयाँ, ५ तोला सुन, १० तोला चाँदी, ५ माना सिक्का पैसासहित कोठाभित्र रहेको सम्पूर्ण सामग्री जलेर नष्ट भएका प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पूजाकोठाबाट शुरू भएको आगोले नेवारको ढुंगा माटोले बनेको ३ तलेघरको पूजाकोठा जलेर नष्ट भएको छ । साँझ ७ः४५ बजेबाट शुरू भएको आगो राति साढे ९ बजे स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो । तत्काल थाहा भएर आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन् । रुपा नेवार नेचासल्यान गाउँपालिका–२ का वडा सदस्यसमेत हुन् ।

१ हप्तामा करोड बढी क्षति

पछिल्लो १ हप्तामा नै जिल्लाको ३ ठाउँमा आगलागी भएको छ । कात्तिक ३ गते मात्रै सोही गाउँपालिका–१ का चन्द्रप्रकाश कोइरालाको तीनतले घरमा आगलागी भएको थियो । प्रहरीको मूल्यांकन अनुसार कोइरालाको ९८ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । 

कात्तिक ७ गते सोलुदूधकुण्ड नगरपालिका–११ को गन्जेडाँडाका खड्गबहादुर खड्काको घरमा आगलागी भएको थियो । प्रहरीका अनुसार सल्यानमा खड्काको घर पूर्णरूपले जलेर नष्ट हुँदा ८५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्