२५ असार २०८३, बिहीबार

जीपबाट खसेर १ जनाको मृत्यु

कात्तिक ११, २०७६
जीपबाट खसेर १ जनाको मृत्यु
फाइल फोटो

बैतडी – जीपबाट खसेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।

आइतवार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज १६८ नम्बरको जीपमा सवार चन्द खसेर घाइते भएका थिए । उनको सोमवार मृत्यु भएको हो ।

जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्द खसेर घाइते भएको खडायतले बताए । घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक किसन चन्दले बताए । 

salt training

कमेन्ट गर्नुहोस्