
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना विभिन्न विभागमार्फत जनताको घरदैलोमा भेटघाटलाई तीव्र पारेको छ ।
काठमाडौंमा रहेका कर्णालीवासीको उपस्थितिमा २ दिनदेखि देउसीभैली कार्यक्रममार्फत भेटघाट तथा खास कर्णालीको संस्कृति उजागर गर्ने काम पनि गरिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा सोही दलको कर्णाली सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले बेला–बेला हुने यस्ता कार्यक्रमले कर्णालीको परम्परा र संस्कृतिको प्रचारमा महत्त्वपूर्ण टेवा पुग्ने बताए ।
सम्पर्क समितिका इन्चार्ज सत्य पहाडीले पछाडि परेको कर्णाली क्षेत्रलाई राष्ट्रिय मूल प्रवाहमा समाहित गर्न अध्यक्ष प्रचण्डले निर्वाह गरेका भूमिका प्रशंसनीय रहेको बताइन् ।