२२ जेठ २०८३, शुक्रबार

इराकी कर्बलामा १८ जना प्रदर्शनकारीको मृत्यु

कात्तिक १२, २०७६
इराकी कर्बलामा १८ जना प्रदर्शनकारीको मृत्यु

बग्दाद - इराकको कर्बालास्थित शिते शहरमा प्रदर्शनकारी विरुद्ध भएको कारबाहीमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको एक इराकी अधिकारीले बताएका छन् ।

ती अधिकारीले उक्त घटना मंगलबार बिहानै भएको जनाएका छन् ।

इराकमा लगातार पाँच दिनदेखि सरकार विरुद्ध प्रदर्शन भइरहेको छ । इराकमा भ्रष्टाचार बढेको, सेवासुविधामा कमी आएको तथा अरु समस्या भोग्नु परेको भन्दै जनविद्रोह जारी छ ।

नाम बताउन नचाहने एक जना प्रत्यक्षदर्शीले कारमा हिँडिरहेका प्रदर्शनकारीलाई लक्षित गरी सादा पोशाकका सुरक्षाकर्मीले गोली चलाएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्