२४ जेठ २०८३, आइतबार

प्रधानमन्त्री ओलीको भाइटीका [फोटोफिचर]

कात्तिक १२, २०७६
प्रधानमन्त्री ओलीको भाइटीका [फोटोफिचर]

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन् । टीका लगाइदिएपछि बहिनीद्वयले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे ।

साथै उनीहरूले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए । प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।

हेर्नुहोस तस्वीरमा -

salt training

कमेन्ट गर्नुहोस्