२७ जेठ २०८३, बुधबार

पढ्नका लागि सिंगापुर पुगे गगन थापा

कात्तिक १२, २०७६
पढ्नका लागि सिंगापुर पुगे गगन थापा

काठमाडौँ–नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् । शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि थापा सिंगापुर पुगेका हुन् । 
थापाले मंगलबार ट्वीटरमार्फत दिएको जानकारीअनुसार उनी अबको एक साता सिंगापुरको नानयाङ टेक्नोलोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा रहनेछन् । वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि उनी त्यहाँ पुगेका हुन् । 
त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्