२२ जेठ २०८३, शुक्रबार

६ लाख ६० हजारसहित २० जुवाडे प्रहरीको फन्दामा

कात्तिक १३, २०७६
६ लाख ६० हजारसहित २० जुवाडे प्रहरीको फन्दामा

विराटनगर । फरक २ स्थानबाट मोरङ प्रहरीले २० जुवाडेलाई नगद ६ लाख ६० हजार २४५ सहित पक्राउ गरेको छ । 
 विराटनगर महानगरपालिका वडा नं ३ स्थित एक घरबाट प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । 

उनीहरुको साथबाट कौडा १ सेट (१६ वटा) र नगद  ४ लाख ४९ हजार ६३५बरामद भएको प्रहरीले जनाएको छ । 
यसैगरी विराटनगर महानगरपालिका वडा नं ८ बाट पनि प्रहरीले जुवा खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको छ । 
उनीहरुको साथबाट कौडा १ सेट र नगद  दुई लाख दश हजार छ सय दश बरामद भएको प्रहरीले जनाएको छ।  उनीहरु सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान  भइरहेको मोरङ प्रहरीले जनाएको छ  । 

salt training

कमेन्ट गर्नुहोस्