१४ असार २०८३, आइतबार

अमेरिकी वायुसेनाको मानवरहित अन्तरिक्ष यान पृथ्वी फर्कियो

कात्तिक १३, २०७६
अमेरिकी वायुसेनाको मानवरहित अन्तरिक्ष यान पृथ्वी फर्कियो

काठमाडौं – अमेरिकी वायुसेनाको मानवरहित अन्तरिक्ष यान एक्स–३७बी पृथ्वीको कक्षमा ७८० दिन परिक्रमा लगाएपछि आइतवार फर्किएको छ ।

अमेरिका लगभग १० वर्षदेखि गोप्य अभियानमा काम गरिरहेको छ । त्यसै अभियानअन्तर्गत यो लामो मिसन चलाइएको थियो । 

वायुसेनाका अनुसार, उक्त यान कक्षमा अनेकौं प्रयोगका लागि पठाइएको हो र परीक्षणका लागि धर्तीमा फर्काइएको हो । 

वायुसेनाले यी प्रयोगहरूको बारेमा विस्तृत जानकारी दिएको छैन । यस किसिमको कार्यक्रमको उद्देश्य अन्तरिक्षमा चुनौतीलाई कम गर्ने र अन्तरिक्षयान प्रविधिलाई फेरि उपयोगी हुने लायक बनाउनु हो । 

वायुसेनाले बतायो, ‘एक्स–३७बी मिसनले वायुसेना अनुसन्धान प्रयोगशालाका लागि अनेकौं प्रयोग गरेको छ । यसले अन्तरिक्ष, वायु र साइबरस्पेस सेक्टरका लागि युद्ध प्रविधि विकसित गरेको छ । लेजर हतियार बनाइएको र विमानमा फिट गर्न थालिएको बताइएको छ । 

विमान एक्स–३७बीलाई नयाँ नेभिगेसन सिस्टमको परीक्षणका लागि डिजाइन गरेको छ । वायुमण्डलमा विमानको प्रवेश र सुरक्षित अवतरणका लागि बनाइएको हो । वायुसेनाका अनुसार, अघिल्ला मिसनहरूले नेभिगेसन, थर्मल प्रोटेक्सन सिस्टम, अटोनोमस अर्बिटल फ्लाइट जस्ता प्रविधिको परीक्षण गरिएको हो । 

एक्स–३७बी स्पेसक्राफ्ट लगभग २९ फीट लामो र ९.५ फीट चौडा छ । त्यसको पंखा लगभग १५ फीट लामो छ । यसलाई स्पेसएक्स फाल्कन–९ रकेटबाट सेप्टेम्बर २०१७ मा लोन्च गरिएको थियो । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्