बौद्ध धर्म गुरु दलाई लामका कारण चीन र भारतबीचको सम्बन्धमा पछिल्ला केही दिनयता समस्या उत्पन्न भएको छ । भारतले दलाई लामालाई अरुणञ्चल दौडलाई राजनीतिक रंग दिइएको छ ।

उता चीनले भने भारतमाथि शंकाको दृष्टिले हेरेको छ भने दलाई लामाले आफूलाई चीनले राक्षस भनेपनि त्यसले कुनै असर नपर्ने बताएका छन् ।
अरुणञ्चलको बोमडिलामा दलाई लामाले बुधबार पत्रकारसँगको कुराकानीमा भारत सरकारलाई धन्यवाद दिए । चीनले जनाएको अपत्तिबारे सोधिएको प्रश्नमा लामाले आफूलाई चीनले जे भने पनि असर नर्पे बताए ।
भारतले दलाई लामाको यात्रा आन्तरिक मामला भनेपछि चीनले कडा आपत्ति जनाएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले यसलाई बकवास भन्दै दलाइ लामा धर्मको आडमा चीन विरोधी गतिविधिमा सक्रिय रहेको आरोप लगाएकोछ ।
चीनले पूर्व प्रधानमन्त्रीहरुभन्दा वर्तमान प्रधानमनमन्त्री नरेन्द्र मोदीले चीनमाथि फरक व्यवहार गरेको आरोप लगाएको छ ।