
काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अस्पताल पुगेका छन् ।
ओली भर्ना भएपछि स्वास्थ्य अवस्थाबारे जानकारी लिन पोखरेल अस्पताल पुगेका हुन् ।
ओली बुधवार बिहान ग्राण्डी अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको सचिवालयले स्पष्ट जानकारी सार्वजनिक गरेको छैन । मृर्गाैला प्रत्यारोपणका कारण ओलीको स्वास्थ्यमा पटक–पटक समस्या देखिने गरेको छ ।
ओली स्वास्थ्य उपचारका लागि गत साउन १८ गते सिंगापुर गएर साउन २७ गते स्वदेश फर्किएका थिए । त्यसपछि भदौ ५ गते सिंगापुर गएका ओली भदौ २० गते उपचार सकेर स्वदेश फर्किएका थिए ।