
काठमाडौं – भारतको मध्य प्रदेशमा एक सेतो कार पानीमा खस्न लागेपछि चालकले आफ्ना छोरालाई पुलमा फालेर बचाउने कोशिश गरेका छन् ।
घटनाको सीसीटीभी फूटेजमा सेतो कार साँघुरो पुलमाथि गुडिरहेको र रातो ट्रकसँग जुधेको देखिन्छ ।
कार र ट्रक जुधेपछि कार सडकबाट सोहोरिएर छेउको संरचनामा ठोकिन्छ ।
कारको तोड परेपछि उक्त संरचना भाँचिन्छ र कार पुलको छेउमा पुग्छ ।
त्यसपछि त्यो हावामा उडेर पानीमा चोपलिन्छ ।
चालकले शीशाबाट टाउको बाहिर निकाल्छन् र बालकलाई बाहिर निकाल्न संघर्ष गर्छन् । त्यसपछि उनी बोनेटमा उभिन्छन् अनि बच्चोलाई पसलतिर हुत्त्याउँछन् ।
भेला भएका स्थानीयहरूले बच्चोलाई समात्न खोज्छन् तर बच्चो पुलको छेउमा ठोकिन्छ र पानीमा खस्छ ।
त्यसपछि एकजना व्यक्ति हाम्फाल्छन् र फसेका अन्य परिवारका सदस्यलाई उद्धार गर्न थाल्छन् । अर्काले चाहिँ लामो रातो कपडा पानीमा फालेर उनीहरूलाई बाहिर निकाल्न खोज्छन् ।
यो सब भइरहँदा रातो ट्रक सुत्त भाग्छ ।
परिवारलाई उद्धार गरेर अस्पताल पठाइएको छ । उनीहरूको उपचार चलिरहेको छ ।
एजेन्सी