३१ जेठ २०८३, आइतबार

आफ्नो सन्तानलाई सिंहले आक्रमण गरेपछि आमा जिराफले दिइन् लात (भिडियो)

कात्तिक १३, २०७६
आफ्नो सन्तानलाई सिंहले आक्रमण गरेपछि आमा जिराफले दिइन् लात (भिडियो)

काठमाडौं – केन्याको मासई मारामा आमा जिराफले सन्तानलाई भोकी सिंहिनीबाट जोगाउनका लागि लात हानेकी छन् । तर दुर्भाग्यवश उनको लात गलत ठाउँमा परेर आफ्नै सन्तानलाई लागेर त्यो मरेको छ । 

यस भयानक आक्रमणमा आत्तिएकी आमा जिराफले सिंहिनीलाई लात हानेकी थिइन् तर राम्ररी आँखा नदेखेपछि आफ्नै सन्तानलाई हिर्काउन पुगिन् । 

उनको प्रहार खतरनाक थियो र भखैरै जन्मेको सन्तान बाँच्ने सम्भावना छैन भन्ने थाहा पाएकी सिंहिनीले अलि टाढा गएर बच्चो जिराफ मरेको कुरिरही । 

सन्तान मर्न लागेपछि चिन्तित जिराफले उसलाई जीवित बनाउन कोशिश गर्दै घुमीघुमी हेरेकी थिइन् । 

यो हृदयविदारक घटनाको भिडियो दक्षिण अफ्रिकाका वन्यजन्तु फोटोग्राफर माइक डेक्सटरले खिचेका हुन् । 

उनले घन्टौं लगाएर यो भिडियो खिचेका हुन् । 

सफारी गाइड पनि रहेका यी प्रसिद्ध फोटोग्राफरलाई यो घटनाले निकै पीडा दिएको थियो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्