२८ जेठ २०८३, बिहीबार

अब दिशा-पिसाबले बताउँछ तपाईंको आम्दानी

कात्तिक १३, २०७६
अब दिशा-पिसाबले बताउँछ तपाईंको आम्दानी

काठमाडौँ – अष्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयको एक प्रयोगशालामा केही असामान्य नमूना जम्मा गरिएको छ । यस्तो नमूना अष्ट्रेलियाको २० प्रतिशत जनसंख्याको मलमूत्र हो ।

देशभरबाट पानी शुद्ध गर्ने संयन्त्रबाट लिइएका यस्ता मलमूत्रलाई चिसो बनाएर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूसमक्ष पठाइएको छ ।

यसरी जम्मा गरिएका नमूनाबाट अष्ट्रेलियाका विभिन्न समूदायको आहार, औषधि र स्वाभावका बारेमा अध्ययन गरिनेछ ।

यस्ता नमूनाहरू सन् २०१६ मा भएको अष्ट्रेलियाको राष्ट्रिय जनगणनाको समयमा जम्मा गरिएका हुन् ।

अनुसन्धानकर्ता जेक ओब्रायन र पीएचडी आवेदक फिल चोइले अष्ट्रेलियाका विभिन्न समूदायको आहार र जीवनशैली सम्बन्धी स्वाभावको बारेमा जानकारी लिन यस्ता नमूना जम्मा गरिएको बताएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्