२५ जेठ २०८३, सोमबार

न्युरोडमा सवारीसाधन प्रवेशमा रोक लगाउने महानगरको तयारी

कात्तिक १४, २०७६
न्युरोडमा सवारीसाधन प्रवेशमा रोक लगाउने महानगरको तयारी

 काठमाडौं –काठमाडौं महानगरपालिकाकाले न्युरोडमा सवारीसाधन प्रवेशमा रोक लगाउने तयारी थालेको छ ।

महानगरपालिकाको सहरी योजना आयोगले आवश्यक गृहकार्य गरिरहेको छ । ‘न्युरोड सौन्दर्यकरण योजना’अनुरूप सवारीसाधनमुक्त क्षेत्रका रूपमा विकास गर्न लागिएको आयोगले जनाएको छ । ‘न्युरोड गेटभित्र सार्वजनिक र निजी दुवै सवारीलाई रोक लगाउने र न्युरोड सौन्र्दयीकरण गर्ने योजनाअनुरूप गृहकार्य गरिरहेका छौँ,’ आयोगका उपाध्यक्ष सरोज बस्नेतले भने । 

ठमेलदेखि खिचापोखरीसम्म सवारी निषेध 
आयोगले टेभाल, खिचापोखरी क्षेत्र, खिचापोखरीबाट महाबौद्ध जाने बाटोमा वैकल्पिक पार्किङकको व्यवस्था मिलाउन सकिने सम्भावना देखिएको जनाएको छ । अन्य ठाउँमा समेत पार्किङस्थलको खोजी भइरहेको बस्नेतले जानकारी दिए । ‘कसलाई, कसरी र कहाँ पार्किङ गर्न दिने भन्ने अर्को चुनौती हो । यसमा हामीले विस्तृत अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘पहिला हुलाक कार्यालय साइडमा सोचेका थियौँ । धरहराले सबै स्थान लियो । तर, पनि धरहरामा मल्टीस्टोरेज पार्किङ बन्दै छ भन्ने सुनेको छु । तर, कसरी अघि बढाउने र व्यावहारिक बनाउने भन्ने चुनौती छ, हामी छलफलकै क्रममा रहेकाले उचित निष्कर्ष निकाल्छौँ ।’ उपयुक्त पार्किङ व्यवस्थापन गर्न सके ठमेलदेखि असन, इन्द्रचोक, धर्मपथ, पाको, त्रिदेवीमार्गभित्रसम्म सवारीसाधनलाई रोक लगाइने महानगरपालिकाले जनाएको छ । 

गेटलाई थप आकर्षक बनाइने
न्युरोड ऐतिहासिक र सांस्कृतिक क्षेत्र भएकाले सौन्र्दयीकरणको योजना अघि सारिएको महानगरपालिकाले जनाएको छ । मौलिक न्युरोड गेटलाई थप आकर्षक बनाउनेसमेत महानगरपालिकाले बताएको छ । फुटपाथमा ढुंगा छाप्ने, नयाँ रेलिङ राख्ने, भूगोलपार्कलाई व्यवस्थित बनाउनेलगायत काम गर्न लागिएको महानगरपालिकाको भनाइ छ । नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्