२८ जेठ २०८३, बिहीबार

उर्वशीको नाममा बन्यो ड्रिंक

कात्तिक १४, २०७६
उर्वशीको नाममा बन्यो ड्रिंक

एजेन्सी- गोवाको एक क्लबले एक ड्रिंकलाई बलिउड अभिनेत्री उर्वशी रौतेलाको नाम दिएको छ । 

क्लबका अनुसार ड्रिंकलाई उर्वशीको नाम दिँदा मानिसहरूको ध्यान तानिनेछ र मानिसहरू बढी आउँछन् । 

यस विषयमा अभिनेत्री उर्वशीले भनिन्, 'मेरो नाममा क्लबले ड्रिंकको अनावरण गरेको छ । यो राम्रो शुरूआत हो । यसले मलाई राम्रो महसूस गराएको छ ।'

आगामी दिनमा उर्वशी अनीस बज्मीको मल्टीस्टारर कमेडी फिल्म 'पागलपंती'मा देखिनेछिन् । यसमा अनिल कपूर, जोन अब्राहम, इलियाना डिक्रूज, कीर्ति खरबंदा र अरशद वारसीलगातका कलाकारको भूमिका हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्