०३ असार २०८३, बुधबार

धानबाली सखाप भएका किसानको विचल्ली

कात्तिक १६, २०७६
धानबाली सखाप भएका किसानको विचल्ली
फाइल फोटो

नेपालगञ्ज – वर्षभरिको आयस्रोतका रुपमा रहेको धानबालीलाई फौजी किराले सखाप पारेपछि बाँके र बर्दियाका हजारौं किसान परिवारको विचल्ची भएको छ ।

‘हाम्रो त वर्षभरिको कमाई नै धान हो, त्यो पनि सखाप भएपछि बिहान बेलुका हातमुख जोर्न धौधौ भएको छ,’ बाँके डुडुवा गाउँपालिका–६ का किसान रेखाउल्ला खाँले पीडा पोखे ।

अन्नको भण्डार भनेर चिनिने बाँके बर्दियाको धानबालीलाई फौजी किराले नोक्सान पुर्‍याएपछि पीडित किसानले तिनै तहको सरकारसँग सहयोगको गुहार लगाएका छन् । 

बाँके र बर्दियाका स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग क्षतिपूर्तिको माग किसानले राखेका छन् ।

केही दिनअघि नेपालगञ्ज आएका प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेल र संघीय सरकारका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसमक्ष पीडित किसानले ज्ञापनपत्र बुझाएर सहयोगको याचना गरेका थिए ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले, फौजी किराले बाँकेमा १७ हजार र बर्दिया २ हजार हेक्टर धानबालीलाई क्षति पुर्‍याएको बताए । उनका अनुसार ५ हजार घरधुरीको विचल्ली भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्