१२ असार २०८३, शुक्रबार

सातै प्रदेशमा ‘फरक’ विद्यालय

कात्तिक १७, २०७६
सातै प्रदेशमा ‘फरक’ विद्यालय

काठमाडौं –  अपांगता भएका बालबालिकाका लागि सातै प्रदेशमा विशेष आवासीय विद्यालय बन्ने भएका छन् ।

नमुना भवन बनाउन शिक्षा मन्त्रालयले झापाको सरस्वती मावि, धनुषाको सार्वजनिक मावि, काभ्रेको आदर्श बाल विकास, गोरखाको मनकामना बहिरा मावि, दाङको बाल मन्दिर आधारभूत विद्यालय, सुर्खेतको सिद्ध बहिरा विद्यालय र कैलालीको राष्ट्रिय माविलाई छानेको छ । 

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले परिभाषा गरेका १० किसिमका अपांगता भएका व्यक्तिलाई लक्षित गरी यस्ता विद्यालय बनाउन लागिएको हो । विद्यालय बनेपछि शारीरिक अपांगताका साथै हेराइ, बोलाइ, सुनाइसम्बन्धी समस्या भएका बालबालिकाले पनि सहज अध्ययनको अवसर पाउने छन् । मानसिक वा मनोसामाजिक, बौद्धिक अपांगता, अनुवंशीय रक्तस्राव (हेमोफिलिया), अटिज्मसम्बन्धी र बहुअपांगता भएकाहरूका लागि पनि उपयुक्त हुने गरी विद्यालय बनाइने छन् ।

विद्यालयले बनाएको गुरुयोजना स्थानीय तहबाट स्वीकृत भएपछि यो कार्यक्रम शुरू हुनेछ । छनोटमा परेका विद्यालयलाई सरकारले अघिल्लो वर्ष एक/एक करोड रुपैयाँ दिएको छ भने यो वर्ष पनि त्यति नै विनियोजन गरेको छ । स्थानीय नगरपालिका र गाउँपालिकाको समन्वयमा अत्याधुनिक भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण प्रक्रिया अघि बढेको छ । कम्तीमा ७ करोड रुपैयाँ लागतको भवन निर्माण हुनेछ ।

प्रत्येक विद्यालयले दुई सय विद्यार्थीका निम्ति आवास (छात्रावास), पढ्ने विद्यालय भवन बनाउनुपर्नेछ । न्यूनतम १० कोठाको दुईतले भवन हुनेछ । त्यसका अतिरिक्त चार ब्लक रहनेछन् । ती ब्लकमा परामर्श कक्ष, डार्क रुम (अँध्यारो कक्ष), साउन्ड प्रुफ रुम (आवाज नसुनिने कक्ष) समेत रहनेछन् । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्