३२ असार २०८३, बिहीबार

आवश्यक ऐन निर्माणलाई प्राथमिकता दिएका छाैं : अध्यक्ष तिमिल्सिना

कात्तिक १७, २०७६
आवश्यक ऐन निर्माणलाई प्राथमिकता दिएका छाैं : अध्यक्ष तिमिल्सिना

ताप्लेजुङ –राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पारित हुने बताएका छन् ।

संविधानअनुसार कतिपय ऐनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहलाई समस्या भइरहेको भन्दै उहाँले आवश्यक सबै प्रकारका ऐन निर्माणलाई प्राथमिकता दिइएको बताए। 

शनिबार ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित बेँसीगाउँ आधारभूत विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले प्रदेशसभाले समेत संविधानअनुसार आवश्यक ऐनहरु बनाई स्थानीय तहका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिए। 

जनताको जीवनस्तर माथि उकास्न सके मात्रै नयाँ संविधानको कार्यान्वयन हुनसक्ने भन्दै उहाँले यसका लागि तीनै तहका सरकारले दिगो र परिणाममुखी योजना बनाएर काम गर्नुपर्ने आवश्यकता भएको औँल्याए । 

परम्परागत सोच र शैलीबाट माथि उठेर काम गर्न सके मात्रै जनताले दिएको जिम्मेवारी पूरा हुने र मुलुक समृद्धितर्फ अघि बढ्ने उहाँको भनाइ थियो । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका क्रममा ताप्लेजुङ आएका अध्यक्ष तिमिल्सिना आज (आइतवार) त्यसतर्फ जाने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्