०३ असार २०८३, बुधबार

सिमेन्ट कारखानामा मजदूरको मृत्यु

कात्तिक १७, २०७६
सिमेन्ट कारखानामा मजदूरको मृत्यु

दाङ – घोराही उपमहानगरपालिका–३ मा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्ने १ मजदूरको मृत्यु भएको छ ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोदविक्रम शाहका अनुसार भारत उत्तर प्रदेश स्थायी घर भई हाल सो कारखानामा बस्ने ४५ वर्षीय रमेशकुमार पटेल सिमेन्ट कारखानाको निर्माण हुँदै गरेको भवनमा फर्मा राख्ने क्रममा खसेर सख्त घाइते भएकामा उपचारका क्रममा आइतवार उनको मृत्यु हो ।

शनिवार बेलुका साढे ८ बजे खसेर घाइते भएका पटेललाई उपचारका लागि कोहपुरस्थित शिक्षण अस्पताल लगिएको थियो । मृतकको शव अस्पतालकै शव गृहमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्