२४ असार २०८३, बुधबार

मैत्रीपूर्ण फूटबल खेल्न नेपाली टोली म्यान्मातर्फ

कात्तिक १७, २०७६
मैत्रीपूर्ण फूटबल खेल्न नेपाली टोली म्यान्मातर्फ

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेल्नका लागि राष्ट्रिय फूटबल टोली आइतवार म्यान्मा जाने भएको छ । 

कात्तिक २१ गते म्यान्माको मैदानमा हुने मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन जाने २३ खेलाडीसहितको नेपाली टोलीलाई आइतवार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

टोली आइतवारै त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ ।

कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा समूह ‘बी’ मा परेको नेपालले आगामी मंसिर ३ गते दशरथ रंगशालामा ‘होम’ खेलअन्तर्गत कुवेत विरुद्वको पहिलो खेल खेल्दैछ । त्यसैको तयारीस्वरूप नेपालले म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

विश्वकप छनोटमा नेपालले यसअघि खेलेको चार खेलमा ३ अंक जोडेको छ । 

सहभागी नेपाली टोलीको गोलकिपरमा विशाल श्रेष्ठ, विकेश कुथु र एलेन न्यौपाने छन् भने डिफेन्डरमा दिनेश राजवंशी, सरोज दाहाल, अजित भण्डारी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

त्यसैगरी मिडफिल्डरमा, रवी पासवान, अन्जन बिष्ट, मिक्चेन तामाङ, सुनिल बाल, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र सुवास गुरुङ छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्तीमगर र अभिषेक रिजाल छन् ।

salt training

कमेन्ट गर्नुहोस्